Mon. Apr 15th, 2024

युएस ओपन हेर्न एक व्यक्तिले १ लाख ७५ हजार डलर खर्च गर्नुपर्ने

विश्वकै चर्चित चार ग्राण्ड स्ल्याममध्यको एक युएस ओपनले लामो समयदेखि टेनिस प्रेमी र प्रशंसकहरुको लागि सबै प्रकारका मनोरञ्जन र सेवा प्रदान गर्दै आएको छ। यहि कुरालाई दृष्टिगत गर्दै युनाइटेड स्टेट्स टेनिस एशोसिएशनले आर्थस एस स्टेडियमलाई विशेष रुपमा नविकरण गर्ने भएको छ । जसमा अब लग्जरी सुविधा समेत उपलब्ध हुनेछ। एशोसिएसन युएसटीएको मैदानमा एउटा संरचना बनाउने विचार गरिरहेको छ । यो संरचना निर्माण भएपछि युएस ओपन हेर्न आउने एक दर्शकले करिव १ लाख ७५ हजार युएस डलर खर्च गर्नुपर्ने छ ।

नविकरणका क्रममा लग्जरी बंकर र सुइट्स समेत सामेल रहेका छन् । जहाँ विशेष लाउञ्ज, स्वादिलो खाना र उच्च स्तरीय सुविधा उपलब्ध गराइने छ । यस्ता सुइट्स अमेरिकाका अन्य खेल स्थलहरुमा निकै लोकप्रिय र अविश्वनियरुपमा लाभदायक सिद्ध भएका छन् । यस्ता सुविधाहरु मुख्य स्टेडियमको निकट निर्माण हुने र दुई सातासम्म चल्ने युएस ओपनमा प्रयोग गर्ने प्रत्येक व्यक्तिले करिव १ लाख ७५ हजार युस डलर तिर्नुपर्ने छ

About The Author

Loading...

अन्य समाचारहरु: