बद्रिप्रसाद दाहाल-
शान्त सुरुप यो देश , अशान्त र कुरुप भो ।
अखण्ड एकता हाम्रो , खण्ड— खण्ड— विखण्ड भो ।।
कस्तो हो गणको तन्त्र रु संघीय जन —पध्दति ।
छाडातन्त्र बढ्यो धेरै , डँडेलोझैं छ बेथिति ।।
मार्दै सद्भावना मेल , झेल दुर्भावना बढ्यो ।
बाहिरी भित्री ठालूका , खेल षड्यन्त्र नै गड्यो ।।
धर्म क्षेत्र सबै जात , थियोे उम्दा समन्वय ।
बिगार्ने तत्व मौलाई , ‘मय ‘ भै दिन्छ दुर्भय ।।