Fri. May 23rd, 2025

धादिङको थाक्रेमा बस र ट्रक ठोक्कियो, ६ जना घाइते

१ भदौ, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं १ चारकिलामा दुई सवारी एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

२ जनाको अवस्था गम्भीर रहेको छ ।धादिङबेसीदेखि काठमाडौँ जादै गरेको बा २ ख ४९८४ नम्बरको बस र काठमाडौँदेखि नारायणका लागि गुडेको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइते मध्ये ५ जनालाई टिचिङ अस्पतालमा र १ जनाको स्टार अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: