काठमाडौं – रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन शुक्रबार र शनिबारमा तीन करोड नेरु ग्रस कमाइ गरेको छ ।
टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । भारतमा भने यो फिल्मले दुई दिनमा १३१।०७ करोड भारु नेटको कमाइ गरेको छ । जसअनुसार हिन्दी संस्करणमा शुक्रबार ५४।७५ करोड भारु र शनिबार ५८।३७ करोड भारु कमाइ छ ।