Mon. Jun 24th, 2024

नाइजेरिया सेनाको ड्रोन दुर्घटना, ८५ जना सर्वसाधारणको मृत्यु

नाइजेरयाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको छ ।

देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अहिलेसम्म ८५ जनाको शव भेटिएको र केही हराइरहेकाले खोजी भइरहेको एएफपीको खबरमा उल्लेख छ ।

असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिसलाई लागेर ज्यान गएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: