२ भदौ, विराटनगर -नगर क्षेत्रमा फोहर उठाएबापत लाग्ने शूल्क विराटनगरमा दुई सय प्रतिशतसम्म वृद्धि गरिएको छ ।
पूर्व जानकारीबिना शुल्क बढाइएपछि सेवाग्रहीले उपमहानगरको ध्यानाकर्षण गरेका छन् ।
विराटनगर उपमहानगरपालिकाभित्र दैनिक उत्सर्जन हुने फोहर ब्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल संस्थाले लिएको छ । संस्थाले एक्कासी ठूलो परिमाणमा शूल्क बढाएपछि उपभोक्ता आक्रोशित बनेका अन्नपूर्ण पोष्टमा खबर छ ।
संस्थागतरुपमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले पत्राचार गरी भदौ १ गतेदेखि लागू हुने गरी शूल्क बढाइएको जनाएको छ । संयोजक मेनुकाकुमारी पोखरेलले पठाएको पत्रमा इन्धनको मूल्यवृद्धि तथा ल्याण्डफिल्ड साइटको समस्या दर्शाउँदै मूल्य बढाउनुपरेको उल्लेख छ ।
विराटनगरका ब्यापारिक प्रतिष्ठान, होटेल र सार्वजनिक निकायलाई पत्राचार गरिएको हो । मूल्यवृद्धिको विरोधमा सोमवार नै मोरङ ब्यापार संघले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।अन्नपूर्णबाट