काठमाडौं -सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ ।
अब यो विवाद भारतको संसदमा समेत प्रवेश गरेको छ । बिहीवारको राज्यसभा बैठकमा रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’को मुद्दा उठ्यो । कांग्रेस सांसद रञ्जित रन्जनले ‘एनिमल’मा चित्रण गरिएका हिंसाप्रति आपत्ति जनाएकी छन् ।
आफ्नी छोरीले अपराधिक कथावस्तुको यो फिल्म हेरेपछि रोएको उनले संसदमा बताइन् । भारतीय टिभी आजतकका अनुसार उनले संसदमा भनेकी थिइन्( सिनेमा समाजको ऐना हो । हामी सिनेमा हेरेर हुर्केका छौं र यसले युवालाई प्रभाव पार्न सक्छ । पहिले कबिर सिंह र पुष्पा जस्ता फिल्म थिए, अहिले एनिमल छन् । मेरी छोरी आफ्ना कलेजका साथीसँग फिल्म हेर्न गइन्, र बीचबाटै बाहिर निस्किन् किनभने किनभने उनी डराएर रोइरहिन् ।’