Sat. Jun 15th, 2024

अन्तर्राष्ट्रिय उडानको माग राखेर गौतमबुद्ध विमानस्थलमा धर्ना

काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान तथा पूर्ण क्षमतामा सञ्चालनको माग राखेर आज आइतवारदेखि धर्ना शुरु भएको छ । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको हो ।

सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको शुक्रवार निजी क्षेत्रले भैरहवामा विरोध र्‍याली गरेको थियो ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि शुरु भएको धर्ना अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तर रहने सञ्जालले जनाएको छ । दैनिक २ घण्टाका दरले विमानस्थल परिसरमा धर्ना कार्यक्रम चल्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: