एमालेले लुम्बिनी प्रदेश सरकारमा बेथिति र अपारदर्शीता बढेको आरोप लगाएको छ।
सोमबार प्रदेश सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै एमालेले दीर्घकालीन महत्त्वका योजना सरकारको प्राथमिकतामा नपरेको तथा अति संवेदनशील क्षेत्रको बजेट रोकिएको भन्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।
ज्ञापन पत्रमा एमालेले जनताले विश्वास गर्ने गरी पूर्वाग्रहरहित तरिकाले काम गर्न माग गरेको छ।एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री लीला गिरीको नेतृत्वमा गएका एमाले नेताहरुले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।