Sun. Apr 14th, 2024

आजदेखि माछापुच्छ्रे बैंकको ब्याजदर घट्ने

काठमाडौं – माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गते आजदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४।६० प्रतिशतदेखि अधिकतम ७।६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ ।

यसअघि न्यूनतम ५।६०३ प्रतिशतदेखि अधिकतम ८।६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७।६० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९।६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०।६० प्रतिशत ब्याजदर तोकेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: