काठमाडौं – कल्पना गर्नूस, सेनामा भर्ती हुन प्रसिद्धीको उचाइमा पुगेको बिटल्स ब्याण्डले विघटन गर्ने निर्णय लियो भने के होला र? विश्वको सबैभन्दा ठूलो पप ब्याण्ड बीटीएसका सदस्यहरु अहिले यही गरिरहेका छन् ।
मंगलबार लिड भोकलिस्ट जङ कुक अन्यका अन्य सबै सदस्यसहित सैनिक सेवामा जोडिएका छन् । किनभने दक्षिण कोरियामा १८ देखि २८ वर्ष उमेरका युवाले अनिवार्य सैनिक सेवा गर्नुपर्ने बाध्यकारी नियम छ । बीटीएस पनि त्यसको अपवाद रहेन ।
ठीक चार साताअघि न्यूयोर्कमा उनी आफ्नो एकल प्रस्तुतिको उपलब्धि बाँड्दै थिए ।
उनले त्यहाँ जिमी फलोनको टुनाइट शोमा माइकल ज्याक्सनको गीतमा नाचेर रमाइलो गरे । भोलिपल्ट टाइम्स स्क्वायरमा अन्तिम कन्सर्ट गरे जुन कन्सर्टको दृश्य टिकटकमा भाइरल बन्यो ।