Tue. Apr 16th, 2024

राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशमा सिलवाल र धादिङमा दुवाडी सर्वसम्मत

धादिङ-राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश र धादिङ जिल्ला शाखाको अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

प्रदेश समितिमा धादिङका नारायण सिलवाल र धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत पुनस् निर्वाचित भएका छन् ।

बुधबार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकि केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश समितिको सदस्यहरुमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्दव श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै धादिङ जिल्ला शाखाको तेस्रो अधिबेशनले अध्यक्षता श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह(सचिवमा सीता सापकोटा९शितल० र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: