धादिङ -सुशासन सरकारको पहिलो प्राथामिकतामा रहेको नेपाल सरकारको कानुन, न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले बताए । ज्वालामूखी गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्बोधन गर्न धादिङ ज्वालामूखी आइपुगेका गुरुङले यस्तो बताएका हुन् । सरकारले भ्रष्टचारका फाइल खोलेर भ्रष्टचारीलाई कानुनी कठघरामा उभ्याउदा सरकार ढाल्दिने फण्डा रचिने गरेको आरोप लगाएका छन् ।
व्यवस्थाले अवस्था परिवर्तन नगरेको भन्दै फण्डा रच्नेहरुले सरकार ढाल्ने र व्यवस्था नै पल्टाउने दावी गरेको उनले बताए । ‘देशमा चलखेल भैरहेको छ । कोहि सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरु पनि छन्’ उनले भने– ‘भ्रष्टचारीहरु समातिएर कानुनी कठघरमा पु¥याइदा सरकार ढाल्ने फण्डा रचेका हुन् । तर सरकारले सुशासन कायम गर्ने पहिलो ध्येय हो । हामीले देश र जनताका लागि राजनिति गरेका हौं । व्यवस्थालाई दोष होइन नेता आफै सुध्रिनुपर्छ ।’
‘राजनितिमा विकृति फैलियो । हिजोका दिनमा विकृति थियो । तिनै सामन्तवादका निमित्त लड्दै बुहदलिय प्रजातन्त्र ल्याइयो’ । उनले भने– ‘बुहदलिय प्रजातन्त्र पनि दुधले नुहाए जस्तो भएन । गणतन्त्र नेपाल बनाइयो म अहिले आफै मन्त्री छु । तर पनि भने जसरी देश बनाउन सकिएको छैन । यो व्यवस्थाले केही नगरेको भने होइन । विकृति तथा विसंगतिहरु छन् । तर सदियौंदेखिको समस्या समाधान गर्न समय लाग्छ । यसो भनिरहदा देशको व्यवस्थासँगै अवस्थाहरु पनि बदलिएका छन् ।
कानुन मन्त्रीले नै सबै लेख्न पाएका भए धेरै कानुनहरु बनाउने उनले बताए । ‘सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्ने र कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता छ । मैले मात्र लेख्न मिल्ने भए खुरु खुरु दर्जनौं कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ’ उनले भने ।