Tue. Apr 16th, 2024

एनसेल शेयर खरिद–बिक्रीमा गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताएका छन् ।

आज मङ्गलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताए ।
उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यसको आधारमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भएको पाए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: