Wed. Apr 17th, 2024

४६ अङ्कले बढेर शेयर बजारमा हरियाली

काठमाण्डौ – लगातार छैटौँ दिन आज मङ्गलवार पनि शेयर बजार बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।

नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: