Sat. Jun 15th, 2024

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाउने

काठमाण्डौ – सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ मूल्य तोकेको छ । पाँच सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: