Sun. Feb 9th, 2025

अनेरास्ववियुको संगठन सुदृढीकरणको माहाअभियान धादिङबेसीमा सुरु

धादिङ-अनेरास्ववियु बाग्मती प्रदेश कमिटिले संचालन गरेको अभियान अन्तरर्गत आज धादिङबेसीको नीलकण्ठ मा.वि बाट कमिटि गठन सुरु भएको छ । अनेरास्ववियु बाग्मती प्रदेशको सान, संगठन निर्माण र सुदृढीकरणमा माहाअभियान भन्ने मुल नाराका साथ अभियान सुरु भएको हो ।

अन्र्तरगत धादिङमा मदन सेन्चुरीको अध्यक्षतामा २१ सदस्य कमिटि गठन गरि अभियान सुरु गरिएको अनेरास्ववियु जिल्ला कमिटि धादिङका सह–सचिब आमोश थापा तामाङले जानकारी दिए । कमिटीको उपाध्यक्षमा दिवानी गुरुङ, बिनोद नेपाली, सचिवमा आईस्मा गुरुङ, सह–सचिवमा आस्था तामाङ, रञ्जु मग्राती, तारा देवी मगर, सुनिता थापा मगर रहेका छन् । नवगठित कमिटिले विद्यार्थीहरुको हकहितको लागि काम गर्ने सह–सचिव तामाङले बताए ।

अभियान बाग्मती प्रदेशभित्र १ महिना चल्ने छ । बाग्मती प्रदेशभरका विद्यालयहरुमा अभियान संचालन हुनेछ, सह–सचिव तामाङले भने ।

About The Author

अन्य समाचारहरु: