विगतका वर्षजस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ ।
नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो ।
शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।
उनीहरुलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ ।