Wed. Apr 17th, 2024

उपेन्द्र सुब्बाको ‘मनसरा’चलचित्रको छायांकन ललितपुरको नख्खुबाट सुरु

काठमाडौं – २०८० सालको हिट फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि आगामी फिल्म ‘मनसरा’को छायांकन थालेका छन् । ललितपुरको नख्खुमा सुरु छायांकनको पहिलो दिन मिरुना मगर र प्रवीण खतिवडाको दृश्य खिचिएको छ ।

सुब्बाले दयाहाङ राई र मिरुनालाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउन लागेका हुन् । दयाहाङ भने रामबाबु गुरुङले निर्देशन गरिरहेको ‘डिग्री माइला’को सुटिङका लागि रुम्जाटारमा छन् ।

सोसल ड्रामा ‘मनसरा’लाई एक महिनासम्म ललितपुर र पाँचथरमा छायांकन गर्ने तालिका छ । दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गरिसकेका छन् ।

‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ । ‘कबड्डी’जस्ता चर्चित फिल्म छायांकन गरेका शैलैन्द्रध्वज कार्की यस फिल्मका निर्माता हुन् । कार्कीले निर्माण गरेको यो पहिलो फिल्म हो ।

About The Author

Loading...

अन्य समाचारहरु: