Mon. Jan 13th, 2025

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घले गर्यो निलम्बन

काठमाण्डौ -सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ क्यानले निलम्बन गरेको छ ।

काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्ति निकालेर जनाएको छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गएको वर्ष भदौमा बलात्कारको उजुरी परेको थियो । बलात्कार आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि हिजो नै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए।

About The Author

अन्य समाचारहरु: