धादिङ– नीलकण्ठ नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ। नीलकण्ठ नगरपालिकाले १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लागतमा नयाँ भवन निर्माण थालेको हो ।
भुमिगत पार्किङ र लिफ्टसहित निर्माण हुने भवनको शुक्रबार नगर प्रमुख भीमप्रसाद ढुंगानाले भवनको शिलान्यास गरेका छन् । शिलान्यासमा उपप्रमुख दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि संगै थिए ।
नक्सा अनुसार भवनको भुई तलामा लेखा शाखा, स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ । पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष, शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने नगरपालिकाले जानकारी दिएको छ । यसैगरी दोस्रो तलामा उप मेयरको कक्ष र न्यायीक हल रहनेछ भने तेस्रो तलामा सेमिनार हल रहने छ ।
निर्माण कम्पनीले ३० महिनामा काम गर्नेगरी काम सुरुवात गरेको छ । भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् ।