३ भदौ, काठमाडौं – गुण्डा नाइके कुमार लामा ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
काठमाडौंको सामाखुसीमा विहीबार प्रहरीको गोली लागेर घाइते भएका लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
सामाखुसीमा महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘सर्चका क्रममा उसले फायर खोल्यो र ढुंगामुढा गरेपछि जवाफी कारवाही गरिएको हो ।’