जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले यात्रा अनुमति दिएन । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि यात्रा रद्द भएको छ ।
भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार हुँदैछ । सो अवसरमा जनकपुरबाट यात्रुहरू जाँदै थिए ।
नेपालका रेलवे सञ्चालकले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएका थिए ।
शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । रेल आज ९आइतबार० बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो । तर, शनिबार साँझ भारत सरकारले अनुमति नदिएकाले भन्दै रेलवे कम्पनीले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ ।