Mon. Jun 24th, 2024

परम्परागत खानपान : हाम्रा पुर्खाहरु कति वैज्ञानिक थिए ?

पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो ।

आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार गरेको ‘रेसेपी’ हो । दुई पन्युँ भात, एक कचौरा दाल, आधा कचौरा तरकारी, थोरै अचार, एक गिलास दही, दुई चम्चा घिउ । त्यसमा मौसम अनुसार फल्ने कांक्रो, मुला, गाँजरका केही टुक्रा ।

यो खान्कीमा मन्द गुलियो, नुनिलो, पिरो, टर्रो, अमिलो सबै स्वाद समावेश छ । साथसाथै पोषणले पनि परिपूर्ण छ ।

शरीरले खानाबाट कार्बोहाइड्रेड, प्रोटिन, बोसो, फाइबर जस्ता पोषकतत्व प्राप्त गर्छ । चामलमा कार्बोहाइड्रेड, सिमी–दाल आदिमा प्रोटिन, घिउ–तेलमा बोसो, मौसमी सागपातमा फाइबर समावेश छन् । त्यसबाहेक सूक्ष्म पोषक तत्वहरु अचार इत्यादिमा छन् ।

खाना खाइसकेपछि त्यसलाई सुपाचन गर्ने अर्थात् सही तरिकाले पचाउने, पचेको कुरालाई शरीरमा अवशोषित गर्ने, मल निखारेर बाहिर मिल्काइदिने काम मोही, दही आदिले गर्छ ।

यस्तो भोजनको परिकल्पना, खोज, अभ्यास र आविष्कार गर्ने हाम्रा पुर्खाहरु वास्तवमै वैज्ञानिक थिए ।

किनभने उनीहरुले भोजनलाई आहार मात्र मानेनन् । एउटा प्राण आधारको माध्यम र जीवनयापनको महत्वपूर्ण औषधि माने । यस्तो खाना खानुपर्छ ताकि कुनै दबाई खान नपरोस् भन्थे । त्यही अनुसार उनीहरुले के खाने र कति खाने भन्ने कुरा तय गरे ।

दोस्रो चाहिं, राम्रो खाएर मात्र हुँदैन पचाउन पनि जान्नुपर्छ भन्ने चेत थियो उनीहरुसँग । अकर्म खाना खानुहुन्न, कर्म गरेर खानुपर्छ । सत्यको, श्रमको, पसिनाको खानुपर्छ भन्ने ठान्थे । आहार मनोविज्ञानको एउटा महत्वपूर्ण घटक हो यो ।

हाम्रो परम्परागत थालीले डेढ वित्ताको पेट मात्र भर्दैन, सम्पूर्ण शरीरका अवयवलाई बलियो, तन्दुरुस्त र ताजा पनि राख्छ ।

पुर्खाको शैली र भोजन विज्ञान

हाम्रा पुर्खाहरुको खाना खाने आफ्नै विशिष्ट शैली थियो ।

सकेसम्म आफैंले पकाएको खानुपर्छ भन्ने मान्यता थियो । खाना खानुअघि चिसो पानीले एकसरो शरीर पखाल्थे । पलेंटी कसेर बस्थे । टाउकोको टोपी खोल्थे । थालको वरिपरि पानीको घेरा हाल्थे । थोरै खाना एकातिर चढाउँथे । अनि शान्त भावमा हरेक गाँसमा स्वाद लिएर खान्थे । अन्तिममा एक गाँस छाड्थे । आफूले खानुअघि आफूसँग आश्रित ९कुकुर, बिरालो, पक्षी० आदिलाई खुवाउँथे ।

यो शैली आफैंमा कति वैज्ञानिक छ ?

चिसो पानीले नुहाउँदा शरीरमा रक्त प्रवाह तीव्र हुन्छ, यसले भोक जगाउन सहयोग गर्छ । पलेंटी कसेर बस्दा पेट खुम्चन्छ र खानेकुरा खाइसकेपछि पनि पेटमा केही अंश खाली रहन्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

अहिले त डाइनिङ टेबलमा बसेर खाने प्रचलन छ । यसरी बस्दा हाम्रो शरीरको बल खुट्टातर्फ जान्छ र रक्त प्रवाह त्यसतर्फ बढी हुन्छ । जबकि खानाका लागि पेटमा रक्तप्रवाह, प्राण प्रवाह, चेतना प्रवाह हुनुपर्ने हो । किनभने पेटले सही हर्मोन, इन्जाइमहरु निकाल्नुपर्छ । खानालाई ग्रहण गर्न पिस्नुपर्छ, टुक्राउनुपर्छ, अवशोषण गर्नुपर्छ । पेटका मांसपेशीहरु बलियो हुनुपर्छ । यसका लागि बसेर खानु सर्वोत्तम हो ।

पेटको गतिविधिबारे जानकारी दिने स्नायु प्रणालीलाई टाउको खासगरी मस्तिष्कले नियन्त्रण गर्छ । भोक जाग्नु, खानाको स्वाद अनुभूत हुनु, अघाएको महसुस हुनु सबै मस्तिष्कले थाहा दिने हो । यसैले टाउकोलाई खुला वा सहज बनाएर भोजन गर्नुपर्छ भनेरै टोपी खोलिएको हो ।

यसैगरी खानाको अन्त्यमा थोरै अंश खाना चढाउनु भनेको त्याग र कृतज्ञ भाव राख्नु हो । जब हामी कृतज्ञ भाव राख्छौं, मस्तिष्कले यस्तो रसायनहरु उत्पादन गर्छ जो पाचन प्रणालीका लागि सहयोगी हुन्छ ।

जस्तो खान्छौं, त्यस्तै हुन्छौं

संस्कृतमा एउटा भनाइ छ,आहार शुद्धौ सत्वाशुद्धिस् सत्व(शुद्धौ। ध्रुवा स्मृतिस्, स्मृतिलम्भे सर्वग्रंथीनां विप्रमोक्षास्।।

हामी जस्तो खाना खान्छौं, शरीरको संरचना पनि त्यस्तै हुँदै जान्छ । एक प्रकारको खानाबाट शरीरका अंग–अवयवहरुले तालिम प्राप्त गर्छ । शरीरले जस्तो प्रशिक्षण प्राप्त गर्छ, मनको दशा पनि त्यस्तै हुन्छ । अनि मन जस्तो भयो, स्मृतिहरु पनि त्यस्तै हुन्छ ।

स्मृति अर्थात् बोध, संज्ञा, जानकारी, समझ, विचार सबै खानाबाटै आउने हो ।

शरीर निर्माणको मूल तत्व नै भोजन हो । शरीर कस्तो बनाउने भन्ने कुरा त्यही कुरामा निर्भर गर्छ, हामीले कस्तो भोजन गर्‍यौं रु

प्रसाद बनाऔं खानालाई

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते। प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।

प्रसाद खाएपछि सबै दुःख हटेर जान्छ । त्यसैले हाम्रो हरेक भोजनलाई प्रसाद बनाउनुपर्छ । आफ्नो इमान र पसिनाले आर्जन गरेको, सही ढंगले भण्डारण गरेको, मौसम एवं ऋतु अनुसारको, ताजा र सुपाच्य खाना नै प्रसाद हो ।

प्रसादले मन प्रसन्न हुन्छ । त्यस्तो खाना खाँदा जिब्रोले स्वाद पाउँछ, पाचनले सहज मान्छ । मन प्रसन्न हुन्छ । शरीर बलियो र दीर्घायु हुन्छ ।

वास्तवमा भोजन एवं अन्न भनेको ब्रह्म हो । जीवन दिने, प्राण दिने, अस्तित्व दिने, पहिचान दिने त्यही अन्न हो । हामी जन्मदा कत्रो थियौं रु त्यही दुई अढाई किलोको । आज हामीलाई यति ठूलो बनाउने त्यही भोजन हो । त्यसैले आफ्नो भोजनप्रति सम्मानभाव राख्नु जरुरी छ ।

ऋतुअनुसार भोजन

हाम्रो पुर्खाहरु कति दूरदर्शी थिए भने मौसम एवं ऋतु अनुसार शरीरलाई अलग(अलग भोजन चाहिन्छ भनेर सोही परिपूर्तिको लागि चाडपर्वमा खानपानलाई जोडे ।

यतिबेला चिसो याम छ । यो याममा बदाम, गुड, सख्खर, विभिन्न ताजा(रसिला फलफूल ९सुन्तला, ज्यामिर, जुनार० खाने प्रचलन बनाए । भर्खरै हामीले यमोरी खायौं, चाकु खायौं, अब कन्दमूल खाँदैछौं । बदाम–सुन्तला खाँदैछौं ।

चिसो याममा शरीर फुस्रो हुन्छ, भोक बढी लाग्छ । शरीरलाई खानपानबाटै न्यानो बनाउनुपर्ने हुन्छ । यसका लागि कलेजोलगायत अंगहरुले बढी काम गर्नुपर्ने हुन्छ । त्यसलाई स्वस्थ राख्नका लागि रगतमा हुने घटकहरुको सन्तुलन मिलाउन यी खानेकुरा खाने प्रचलन चलाए ।

चाहे तिहारमा ड्राइफ्रुटस् खानेकुरा होस् वा असार पन्ध्रमा दही चिउरा, यी सबै ऋतुअनुसार शरीरलाई कुन खानेकुरा जरुरी हुन्छ भनेर तय गरिएको खाद्य तालिका हुन् । यी खाद्य तालिकाले पुर्खाहरुको पोषण विज्ञानसँग कति फराकिलो अध्ययन थियो भन्ने देखाउँछ ।

कति खाने र ?

अहिले मान्छेहरु क्यालोरी नापेर खानेकुरा खान थालेका छन् । कतिपयले ‘डाइट चार्ट’ नै बनाएका छन् ।

जबकि हाम्रा पुर्खाहरु खानपानको यस शर्तबारे अनुभवी थिए । उनीहरुले त्यही खानेकुरा खाए, जो पोषकयुक्त छन् । र, त्यति नै खाए जति शरीरलाई जरुरी हुन्छ । किनभने उनीहरुमा आयुर्वेद र जीवन विज्ञानको गहिरो ज्ञान थियो ।

दूधजन्य परिकारसँग किन मासुजन्य परिकारको संयोजन मिल्दैन रु किन यी आपसमा विरुद्ध आहार हुन् रु किन राति अबेर खाना खान हुन्न रु सूर्यास्तपछिको खाना किन शरीरमैत्री हुन्न रु खाना खानासाथ किन सुत्नु हुन्न रु किन सकेसम्म आफूले खाने खाना आफैंले पकाउनुपर्छ रु खाना खाइरहँदा किन शान्त रहनुपर्छ रु

यी कुराहरु कुनै मनगढन्ते धारणा थिएनन्, आहार र शरीर विज्ञानसँग जोडिएका महत्वपूर्ण कुरा थिए ।

यस्ता कुरा थाहा पाउन अहिले जस्तो प्रयोगशाला पक्कै थिएन । उनीहरुले आफ्नो पेटलाई, आफ्नो चुल्होलाई, आफ्नो बारीलाई, आफ्नो गोठलाई प्रयोगशाला बनाए । यसरी निरन्तरको खोज, अध्ययन र अनुभवसँगै खानपानको सामग्री, शैली आदिबारे थाहा पाए ।

भोजनको तीन नियम

हाम्रो भोजन विज्ञानले खाने तीन नियम तय गरेको छ, ऋताहार, हिताहार, मिताहार ।

ऋताहार भनेको ऋतु वा याम अनुसारको खाना खाने । हिताहार भनेको आफूलाई हित गर्ने भलो गर्ने खाना मात्र खाने । किनभने एउटै खानाले कसैलाई हित गर्छ, कसैलाई गर्दैन । आफूलाई कस्तो खानाले हित गर्छ भन्ने थाहा पाउनुपर्छ ।

तेस्रो मिताहार । यसको अर्थ मात्रा मिलाएर खानुपर्छ भन्ने हो ।

हामीलाई यस्तो भोक लागोस् कि त्यसले हामीलाई हित गरोस् ।

भोजनको ९ शर्त

खाना कति खाने, के खाने भन्ने कुरा व्यक्तिले गर्ने श्रम, उमेर, स्वास्थ्य अवस्था, भूगोल, ऋतु, परिवेशले निर्धारण गर्छ ।

१। संभव भएसम्म आफ्नै भूगोलमा उत्पादन हुने खानेकुरा खानुपर्छ ।

२। ऋतु अनुसारको खानेकुरा उपयुक्त हुन्छ ।

३। आफूलाई पच्ने खानेकुरा मात्र रोज्नुपर्छ । अपच हुने, एलर्जी हुने खानेकुरा खान हुन्न ।

४। भोक लागेपछि मात्र खानुपर्छ । यसका लागि समुचित शारीरिक श्रम गर्नुपर्छ । श्रम गरेपछि भोक जाग्छ ।

५। बेलाबखत उपवास बस्नुपर्छ । यसले पाचन प्रणालीलाई विश्राम दिन्छ । शरीरको विकार बाहिर निष्कासन हुन्छ ।

६। अत्यधिक वा धेरै खानु उचित हुँदैन । उखानै छ नि, थोरै खाए बल धेरै खाए मल ।

७। ताजा खानुपर्छ । पकाएर लामो समय राखेको, बासी खानेकुरा खानुहुन्न ।

८। खाना खाइरहँदा खुब चपाएर, समय लगाएर, स्वाद लिएर खानुपर्छ । आनन्दित भावले खानुपर्छ ।

९। अन्नप्रति कृतज्ञ रहनुपर्छ । हाम्रो थालीमा आइपुग्ने खानामा कति धेरै समय र कति धेरै मिहिनेत लागेको हुन्छ, उनीहरु सबैप्रति कृतज्ञ रहनुपर्छ । अन्न दिने धर्ती, हावापानी, किसान सबैसँग कृतज्ञ रहेर खानुपर्छ ।

डाइनिङ होइन संजीवनी बनाऔं भान्सालाई

अहिले हामी पश्चिमा संस्कृतिलाई अनुसरण गरिरहेका छौं, आधुनिकताको बहानामा । त्यही अनुसार हामीले भान्सा बनायौं, टेबल बनायौं, खानेकुरा बनाउन थाल्यौं । अंग्रेजीमा भान्सालाई ‘डाइनिङ’ भनिन्छ । यो भनेको मर्दै जाने भन्ने हो ।

हामी भान्सालाई ‘डाइनिङ’ होइन, संजीवनी कक्ष बनाऔं ।

साभार /अनलाईन खबर

About The Author

Loading...

अन्य समाचारहरु: