Tue. Apr 16th, 2024

उदितनारायण र रविराजको स्वरमा ‘जय मधेश’ सार्वजनिक, ‘मधेश गान’ भनिएकोप्रति आलोचना

काठमाडौं – उदितनारायण झा र रविराज साहको स्वरमा ‘जय मधेश’ गीत सार्वजनिक भएको छ । ‘मधेश गान’ भन्दै ल्याइएको उक्त गीत बलिदानी दिवसको अवसर पारेर माघ ५ गते वीरगञ्जमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरु, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सांसदलगायत उपस्थित थिए । गीत निर्माणमा मधेश सरकारले पनि सहयोग गरेको हो ।मधेश प्रदेशमा बोलिने भाषाहरु मैथिली, भोजपुरीसहित हिन्दी भाषामा उक्त गीत रहेको छ ।

‘मधेश है अपनी आनबान, जीवनधारा है मधेश, मधेश मे बस्ती जान हमारी, प्राण से प्यारा मधेश, मधेश हमारा जिने का मक्सद, रगरग बसा मधेश, मधेश है अस्तित्व हमारा, धर्मा–कर्मा मधेश । जय मधेश, जय मधेश’ ।’

रामभरोस कापडी र डा। सागरको शब्द रहेको गीतमा रविराज साहको संगीत र डीजे भरालीको एरेन्ज छ । ‘रविराज साह अफिसियल’ युट्युब च्यानलमा रिलिज भएको उक्त गीतको भिडियोमा मधेश प्रदेशका आठवटै जिल्लाका दृश्य समेटिएका छन् । प्रदेशको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई यसमा समेटिएको छ ।

‘मधेश गान’ भन्दै गीत ल्याइएकोमा भने सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अलिखेशकुमार यादव लेख्छन्, ‘मधेश हो भन्नेबित्तिकै बेग्लै मधेश गान सार्वजनिक गर्नु कदापि राम्रो होइन । सर्वप्रथम हामी नेपाली हौं । त्यहीं भएर नेपालको जुन राष्ट्रगान छ त्यो नै हाम्रो लागि उत्तम हो । मधेश राष्ट्रगान होइन । मधेशमा आधारित गीत भन्नुपर्‍यो र यसमा प्रयोग गरिएको भाषा परिवर्तन गर्नु मधेश सरकार ।’

About The Author

Loading...

अन्य समाचारहरु: