Sun. Apr 21st, 2024

यू-१९ विश्वकपमा न्युजिल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं – आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल १ : ४५ मा सुरु हुँदैछ ।

समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।

नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।

नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: