Mon. Apr 29th, 2024

एमालेको नवौं जिल्ला अधिवेशन अहिलेसम्मकै ऐतिहासिक हुन्छ: अध्यक्ष त्रिपाठी

धादिङ– नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन यहि माघ १९ र २० गते हुने भएको छ । यो अधिवेशन जिल्लामा अहिलेसम्मकै ऐतिहासिक हुने अध्यक्ष भूमि त्रिपाठीले बताएका छन् ।

नेकपा एमाले प्रचार प्रसार समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै समृद्ध नेपाल सुखी नेपाली सम्भव छ भन्ने आशा दिलाउन आशाको संचार जगाउन एमालेनै आवस्यक भएको बताए ।

एमाले सरकार हटाएर बनेको गठबन्धन सरकार बन्नुमा एमालेले आशा जगाएको कारणले भएकोले अब विास र समृद्धिका लागि एमाले नै चाहिने इतिहासले देखाएकोले मिसन चौरासीका लागि एमाले अभियान नै उठाउने धारणा त्रिपाठीको छ ।

नेकपा एमाले जिल्ला अधिवेशनले विकास र समृद्धिको संचार गराउने भएकोले यो ऐतिहासिक र भव्य हुने छ । झाँकीहरु समेत प्रदर्शन गरिने छ भने एमालेमय धादिङ बनाउने अभियानले सार्थकता पाउने त्रिपठीको भनाइ छ ।

प्रेस चौतारी नेपालका कार्यकर्ता, तथा प्रचार विभागका कार्यकर्ताहरु सहभागि भएको बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयोग, जिल्लाका नेताहरुको समेत सहभागिता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: