Mon. Jan 13th, 2025

मेनुका पौडेल इण्डियन आइडल उत्कृष्ट १० मा प्रवेश

काठमाडौं– मेनुका पौडेलका सानैदेखिका साथी थिए उज्ज्वल सागर । मेनुकाका अनुसार उज्ज्वलले ११ नम्बरलाई ‘च्यानल गेट’को संज्ञा दिएका थिए ।

यसकारण उनले बच्चैदेखि मेनुकालाई पहिला ११ नम्बरको खड्गो पार गर्न भन्थे । नभन्दै मेनुका नेपाल आइडलबाट अन्तिम ११ बाट बाहिरिएकी थिइन् ।

यतिबेला भने मेनुकाले ११ नम्बरको खड्गो पार गरेकी छन् । उनी निकै प्रतिस्पर्धात्मक मानिएको इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरिन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।

About The Author

अन्य समाचारहरु: