काठमाडौं – कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ माघ २२ देखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । टेलिभिजन र निर्देशक अमनप्रताप अधिकारीबीच यसबारे सहमति भएको छ ।
प्रत्येक सोमबार र मंगलबार राति ९ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ । अडिसन चरण सकिएको छ र यसबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन्, जसमा सिक्किमबाट दुई, दार्जिलिङ र सिलिगुढीबाट एक–एक जना र बाँकी प्रतिस्पर्धी नेपालबाट छन् ।
अडिसन राउण्डका चार एपिसोड प्रसारण हुने भएको छ । पाँचौंबाट पर्फमेन्स राउण्ड सुरु हुनेछ । यो चरणमा सात(सात जनाको ए र बी टिम बनाएर पर्फमेन्स गर्न लगाइनेछ । त्यसपछि वाइल्ड कार्ड र मर्ज एपिसोड राउण्ड हुनेछन् ।