Mon. Apr 15th, 2024

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

काठमाण्डौ -कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट जततउकस्ररभयभचक।भउकलभउब।िनयख।लउ मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: