Wed. Apr 17th, 2024

मेस्सी र रोनाल्डो आपसमा भिड्दै, धमाधम टिकट बिक्री

काठमाडौँ -समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् ।

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।

तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।

अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् ।

तर, अब छिट्टै समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी पुनः एपटक एक–अर्काविरुद्ध मैदानमा देखा पर्ने भएका छन् । अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेलन हुने भएको छ ।

उक्त खेलमा इन्टर मियामीबाट मेस्सी र अल नासरबाट रोनाल्डो पनि मैदानमा ओर्लने भएका छन् । साउदी अरेबिया भ्रमणका क्रममा मेस्सीको क्लब इन्टर मियामीले अल हिलालसँग पनि खेल्ने कार्यक्रम रहेको छ । ब्राजिलियन स्टार खेलाडी नेमार हाल अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।

तर, ३१ वर्षीय नेमार हाल घाइते अवस्थामा रहेकाले उनी मैदानमा देखा पर्ने छैनन् । यी खेल जनवरी २९ देखि फेब्रुअरी ८ तारिखसम्म सञ्चालन हुने रियाद सिजन कपका क्रममा खेल्न लागिएको हो । इन्टर मियामी र अल हिलालबिचको खेल भने जनवरी २९ तारिखमा हुनेछ ।

साउदी फुटबलमा रोनाल्डोको अल नासर र नेमारको अल हिलाललाई चिरप्रतिद्वन्द्वी क्लबका रुपमा लिइन्छ । यी दुई क्लबबिचको खेल भने फेब्रुअरी ८ तारिखमा खेलिने छ । रियाद सिजन कपमा इन्टर मियामीले आमन्त्रित क्लबका रुपमा सहभागिता जनाउन लागेको हो ।

इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । रियाद सिजन कपका लागि टिकट बिक्री पनि जनवरी १९ तारिखदेखि खुला भइसकेको छ । खासगरी मेस्सीको इन्टर मियामी र रोनाल्डोको अल नासरबिचको खेलको टिकट ब्यापक रुपमा बिक्री भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: