Tue. Apr 16th, 2024

बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार

काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा बहिस्कार गरेका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । तर, बालेन भने मतदान गर्न गएनन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार मेयर बालेन हेटौंडा जाने छैनन् । कार्यव्यस्तताका कारण भन्दै मेयर बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् ।

राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता छन् । काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल भने मतदान गर्न हेटौंडा पुगेकी छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: