Mon. Apr 15th, 2024

‘त्रिशुलीमा र्‍याफ्टिङ’ नवौं धादिङ महोत्सवको आकर्षण

धादिङको गलौदीमा संचालित नवौं धादिङ महोत्सवको अवसरमा त्रिशुली नदीमा ¥याफ्टिङ गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । ¥याफ्टिङमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि सहभागी थिए । तस्बिर : शंकर श्रेष्ठ

शंकर श्रेष्ठ,
धादिङ– धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदी किनारमा सुरु भएको नवौं धादिङ महोत्सवमा र्‍याफ्टिङलाई आकर्षणको रुपमा लिइएको छ ।

महोत्सव अवलोकनमा पुग्नेहरुका लागि छुट्टाछुट्टै दुई वटा प्याकेज बनाएर सर्वसाधारणलाई र्‍याफ्टिङ गर्ने व्यवस्था मिलाइएको छ । घाटबेसीको वाटर किङ्डमदेखि महोत्सवस्थलसम्म एउटा प्याकेज र महोत्सवस्थल वरपर घुम्नका लागि अर्काे प्याकेज गरी दुई वटा प्याकेजमा र्‍याफ्टिङ गर्ने व्यवस्था मिलाइएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार प्रतिव्यक्ति सात सयको टिकटमा वाटर किङ्डमदेखि महोत्सवस्थल गलौदीसम्म र्‍याफ्टिङ गर्न पाइनेछ । तीन सयको टिकटमा महोत्सवस्थल वरपर २० मिनेट र्‍याफ्टिङको मज्जा लिएर घुम्न पाइनेछ । र्‍याफ्टिङका लागि काटिएको टिकटले नै महोत्सवस्थलमा प्रवेश गर्न पाइने अध्यक्ष थपलियाले जानकारी दिए ।

ग्रुपमा र्‍याफ्टिङ गर्न आउनेहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । जलयात्राका लागि चर्चित त्रिशुली नदीमा र्‍याफ्टिङ व्यवसायको प्रवद्र्धन र प्रचारका लागि महोत्सवको अवसरमा न्युनतम मुल्यमा र्‍याफ्टिङ गर्न पाइने व्यवस्था मिलाइएको संघका महासचिव तिलक सिंखडाले जानकारी दिए । कोरोना महामारी, नदी दोहन र प्रदुषणका कारण पछिल्लो समय फस्टाउन नसकेको र्‍याफ्टिङ व्यवसायलाई उकास्न महोत्सवले सहयोग पुग्ने सिंखडाले बताए ।


About The Author

Loading...

अन्य समाचारहरु: