धादिङ– पहिलो पटक धादिङमा सालक दिवस मनाईने भएको छ । आज डिभिजन वन कार्यालय धादिङमा शिक्षक र संचारकर्मीहरु सँग छलफल गरी फागुन ४ गते शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा सालक दिवस मनाउने निर्णय गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सालकको बारेमा धादिङका नागरिकहरुलाई शालकको बारेमा जानकारी नहुदा चेतना जगाउने र संरक्षण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय धादिङको संयोजकमा दिवस बनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।
उनले भने –‘नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई र समुदायिक वनका उपभोक्ताहरुलाई विशेष प्राथमिकतामा राखेर मनाईने छ । विद्यार्थीहरुबाट सहज रुपमा प्रचारप्रसार हुने हुदा दिवसको अवसरमा नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई र समुदायिक वनका उपभोक्ताहरुलाई विशेष प्राथमिकतामा राखेर दिवस मनाउने छ ’।
शालकको बारेमा तयार गरिएको गित, कथा, कविता समावेश गरि पुस्तिका समेत प्रकाशन गरिने छ । शालक सम्बन्धी भजन, तथा नृत्यहरु समेत प्रस्तुत गरिने छ । दुर्लभ मानिएको सालक धादिङ जिल्लामा मात्र नभएर बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ । डिभिजन वन कार्यालय धादिङका प्रमुख आचार्यले भने ।