Thu. Jun 13th, 2024

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

काठमाडौं -रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो ।

असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो ।

दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै रुम्जाटारमा पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा पेश गर्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: