Fri. Jan 17th, 2025

नेपालका स्पिनर सुवास भण्डारीलाई आईसीसीले कारबाही गर्‍यो

काठमाण्डौ – नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डिमेरिट प्वाइन्ट दिएको छ ।

पाकिस्तानविरुद्ध १४औँ ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैलाई कारण देखाउदै आईसीसीको आचार संहिता अनुसार भण्डारी कारबाहीमा परेका हुन् । एक डिमेरिट प्वाइन्ट आउँदो २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डिमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

About The Author

अन्य समाचारहरु: