Mon. Feb 10th, 2025

चन्द्रमामा जापानको स्लिम सौर्य प्यानलले काम गर्न सरु

जापानको चन्द्रमामा अवतरण गरेको यानको सौर्य प्यानलले काम गर्न सुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ ।

स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून ९स्लिम० ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ ।

जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, ‘हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।’

‘हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं,’ ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्ने पाँचौं राष्ट्र बनेको छ ।

About The Author