Sun. Apr 21st, 2024

मिटरब्याज पीडितले न्यायका लागि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

काठमाण्डौ – मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलमार्च गर्ने भएका छन् । आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलमार्च गर्न लागेको जानकारी गराएका हुन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्ने बताए । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उनले बताए ।

झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च शुरू गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताउनुभयो ।

भोलि शुरु हुने पैदलयात्रा १५ दिनपछि काठमाण्डौ पुग्नेछ । यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो

About The Author

Loading...

अन्य समाचारहरु: