Wed. Jan 22nd, 2025

सहित दिवसको अवसरमा ८७ जनाले गरे रक्तदान

धादिङ -सहित दिवसको अवसरमा धादिङका ८७ जनाले रक्तदान गरेका छन् ।आज सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा नेपाल रेडक्रस सोसाईटी नीलकण्ठ युवा रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।


रक्तदान कार्यक्रममा ३३ जना महिला र ५४ जना पुरुष गरी ८७ जनाले रगत दिएकोे नेपाल रेडक्रस सोसाईटी धादिङको कोषाध्यक्ष नारायण कुमार क्षेष्ठले बताए । उनले भने–’रगतको अभावलाई न्युनिकरण गर्ने उद्धेश्यले विभिन्न मेला, पर्व लगायतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम गर्दै आएको छ ’ ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।


About The Author

अन्य समाचारहरु: