काठमाडौं -त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरुको मूल्यांकन सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन् ।
उक्त समितिले २३ पुसमा उपकुलपतिमा आवेदन माग गरेकामा ४३ जनाले इच्छा देखाएका थिए । सिफारिस समितिले विज्ञहरुको सहयोगमा मूल्यांकन गरिरहेको शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराईले जानकारी दिए ।
आवेदन दिएकाहरुको मूल्यांकन गरेर ४३ को एक तिहाइ संख्यामा सर्टलिस्ट निकाल्नेछ । सर्ट लिस्टमा परेकाहरुको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।