Tue. Jul 16th, 2024

विमलको ह्याट्रिमा नेपालको सुखद सुरुवात

bimal

काठमाडौं –  काठमाडौंमा सुरु भएको साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । कप्तान विमल घर्ती मगरको ह्याट्रिकको मद्धतमा समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले आज ९विहीबार० भुटानबिरुद्ध ३–१ को जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदान भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान बिमल घर्तीमगरको ह्याट्रिक काफी भयो । उनले खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरे । चौथो गोल गर्ने मौका पाएका विमल पेनाल्टी सुटआउटमा चुके । ७३ औं मिनेटमा पाएको पेनाल्टीमा बिमलले किपरलाई झुक्याउन सफल भएपनि उनले प्रहार गरेको बल सिधै गोलपोष्टबाट बाहिरियो ।

खेलको १० औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई १ गोलको अग्रता दिलाएका थिए । तर, त्यसको १ मिनेट पछि नै भुटानले बराबरी गोल फर्कायो । भुटानका सोनाम तोग्बेले बराबरी गोल फर्काएका थिए । २९ औं मिनेटमा बिमलले ब्याक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा नेपालले २–१ को अग्रता लियो । दोस्रो हाफको ६२ औं मिनेटमा बिमलले आफ्नो ह्याट्रिक पूरा गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: