Sun. Apr 14th, 2024

देश बनाउन राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ:अध्यक्ष ओली

काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता रहेको बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुने गरेको पनि बताएका हुन।

अध्यक्ष ओलीले लेखेका छन्,’व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुन्छ । हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ । निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन । हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ ।’

अध्यक्ष ओलीले देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने समय यही नै रहेको उल्लेख गरेका छन् । उनले भने,’सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ ।’

About The Author

Loading...

अन्य समाचारहरु: