Sun. Apr 21st, 2024

रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ :अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको टिप्पणी गरेका छन् । सत्तामा पुग्ने र अडिरहनेबाहेक गठबन्धनले देश र जनताका पक्षमा केही पनि काम नगरेको ओलीको आरोप छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठकमा उनले सत्ता गठबन्धनले सत्तामा अडिनेबाहेक अरू कुनै राजनीति नगरेको जिकिर गरे । देशका निम्ति केही गर्नेभन्दा पनि सत्ता गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको उनले बताए ।

सरकारले दिगो विकास लक्ष्यविपरीत रेमिट्यान्सको भर परेर देश चलाउने सोच लिइरहेको उनको भनाइ छ ।

सरकारले जाजरकोटलगायत क्षेत्रमा भूकम्पपीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

“देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन् । उनीहरूलाई रोक्ने होइन, त्यो रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ,” उनले भने, “रेमिट्यान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुसी भएको हो । तर, रेमिट्यान्सबाट देश चलाउनेजस्तो घातक कुरा अरू केही हुन सक्दैन ।”

About The Author

Loading...

अन्य समाचारहरु: