Mon. Jun 24th, 2024

एमाले कार्यकर्ताद्धारा पत्रकारमाथी दुर्व्यवहार


धादिङ– नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको बन्दसत्रमा मुठभेट हुन थालेपछि समाचार संकलनमा पुगेका पत्रकारमाथी एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

बन्दसत्र सुरु भएलगतै मुठभेट र हुलदङ्गा हुन थालेपछि एमाले धादिङको पार्टी कार्यालयस्थित बन्दसत्र परिसरमा पुगेका नयाँ पत्रिका दैनिकमा पत्रकार अर्जुन श्रेष्ठ, पाविल न्युज डटकमका पत्रकार चिनो सारु मगर लगायतका पत्रकारमाथी युटुबेहरु नछिर भन्दै दुर्व्यवहार गरेका हुन् ।

समाचार संकलन गर्न भित्र छिर्दैगर्दा एमाले कार्यकर्ताले मूख्य गेटबाट भित्र छिराएर अर्काे गेटमा भने धकेल्दै बाहिर निकालेका हुन् । युटुव छाड्छेउ भाई मेरो नि मोवाइल छ, लाउ लैजाउ भन्दै पत्रकारितामाथि नै खिल्लि उडाउदै एक कार्यकर्ताले दुर्व्यवहार गरेको अर्जुन श्रेष्ठले बताए ।

‘पत्रकारलाई निशेष गरिएको भनौं भने केही पत्रकारहरु फोटो भिडियो खिचिरहेका थिए । सामाजिक संजालमा प्रत्यक्ष प्रशारण समेत भइरहेको थियो । सर्वसाधारण लगायत अन्य दलमा आस्था राख्नेहरु पनि खुलमखुल्ला तस्विर तथा दृश्य खिचिरहेकै थिए । तर समाचार संकलन गर्न आएका हामीलाई धकेल्दै दुर्व्यवहार गरेर बाहिर निकालियो’ उनले भने ।

‘मुख्य गेटबाट परिचय दिएर भित्र प्रवेश ग¥यौं । बन्दसत्र हुँदै गरेको स्थलमा पुग्नेबेला धकालेर बाहिर निकाल्यो । भित्र जान पाइदैन भनेको भए हामी जादैन थियौं । तर समाचार संकलन गर्नेक्रममा भित्र हामीलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेर बाहिर निकालेको पत्रकार चिनो सारु मगरले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: