Mon. Jun 24th, 2024

धरहराको पार्किङको विषयमा सहरी विकास मन्त्रालय र महानगरबीच विवाद

काठमाण्डौ– धरहरामा पार्किङ शुरु भएको विषयमा सहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच विवाद बढेको छ । निर्माण व्यवसायी र मन्त्रालयसँग समन्वय नै नगरि पार्किङ खुलाएको भन्दै मन्त्रालयले पार्किङ नगर्न भनेको छ । तर महानगरपालिकाले भने पार्किङ कायमै हुने जनाएको छ ।

सहरी विकास मन्त्रालयले गएको शुक्रवार विज्ञप्ति निकालेर धरहराको भूमिगत पार्किङमा भेन्टिलेसनलगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न भनेको छ । निर्माण पक्षले पार्किङको विषयलाई देखाएर म्याद थपको समेत माग गरेको भन्दै मन्त्रालयले महानगरपालिकालाई पार्किङको योजना तत्काल स्थगित गरेर निर्माण सक्न दिन अनुरोध गरेको छ ।

महानगरपालिकाले अघिल्लो हप्तादेखि पार्किङ शुरु गरेको धरहरा क्षेत्रको काम सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत भइरहेको छ । तर काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहले भने धरहराको पार्किङ बन्द नहुने बताएको छ।

मन्त्रालयले निर्माणाधीन ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको भन्दै पार्किङ बन्द नहुने जवाफ दिएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: