Wed. Jan 22nd, 2025

सुतिरहेका वृद्धा महिलामाथि धारिलो हतियार प्रहार गर्ने दुई बालक प्रहरीको नियन्त्रणमा

सुर्खेत । दैलेख प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले ती बालकहरूको पहिचान भने गोप्य राखेको छ । उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ ।

माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो ।

घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

About The Author

अन्य समाचारहरु: