Mon. Jun 24th, 2024

रोनाल्डोको अगाडि ‘अन्डरटेकर’ले उचाले फुटबलको ट्रफी

काठमाडौँ – रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा निम्त्याइएको विशेष अतिथिलाई देखेर समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि दंग परेका छन् । रियाद सिजन कपको फाइनलमा पोर्चुगिज स्टार रोनाल्डो र ब्राजिलियन स्टार नेमारको टोली आमने–सामने थिए ।

साउदी अरेबियाको रियादमा फाइनल खेल सुरु हुनुअघि दुबै टोलीका खेलाडी मैदानमा लामबद्ध थिए । सोही अवसरमा विशेष अतिथिले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम राखिएको थियो । रंगशालामा उपस्थिति धेरै समर्थक विशेष अतिथिको विषयमा अनभिज्ञ थिए ।

एकाएक फुटबल मैदानमा विशेष अतिथिका रुपमा प्रकट भए, डब्लूडब्लूई सुपर स्टार ‘अन्डरटेकर’ । उनी विस्तारै आफ्नै शैलीमा ढल्कँदै ट्रफी राखिएको स्थानसम्म पुगे । त्यसपछि उनले मैदानमा उपस्थित दर्शकका लागि ट्रफी सार्वजनिक गरे ।

फी सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो । ५८ वर्षीय मार्क विलियम कालावे अर्थात अन्डर टेकरले ट्रफी उचालेर रंगशालामा उपस्थित दर्शकलाई पनि देखाए । अन्डरटेकरलाई देखेर रोनाल्डो पनि छक्क परेका थिए । उनी खुसी पनि देखिएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: