Mon. Jan 13th, 2025

आफैंले चलाएको विधुतीय आरोले काटेर धादिङमा एक जनाको मृत्यू

धादिङ– आफैंले चलाएको विधुतीय आरोले काटेर धादिङको नीलकण्ठ नगरपालिका-८, साघुटारका ३८ वर्षिय राजकुमार श्रेष्ठको मृत्यू भएको छ ।

अमरावती सामुदायीक बन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विधुतीय आरो आफ्नै ज्यानमा रेटिदा घाईते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । रुख काट्दा आफैले चलाएको आरो उछिट्टिएर आँफैतिर लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँभागमा काटिएको थियो । धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक जैसवारले जनाकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

About The Author

अन्य समाचारहरु: