Wed. Jan 22nd, 2025

नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी रुविना बनिन्

काठमाडौं -प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।

२०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

About The Author

अन्य समाचारहरु: