Fri. Dec 6th, 2024

देशभर जाडो बढ्यो, ६ प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुसँगै भारतको बिहार राज्य क्षेत्रमा बनेको मौसमी प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली भएको छ। जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ। तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणालीको बढी असर पूर्वी भेगमा छ। ‘पूर्वी र मध्य नेपालमा असर देखिएको छ,’ उनले भने, ‘आज हल्कादेखि छिटपुट वर्षा हुन सक्छ।’

बिहारमा क्षेत्रमा बनेको मौसमी प्रणालीका कारण अहिले मधेश र कोशीका तराई क्षेत्रमा बाक्लो बादल छ। त्यस क्षेत्रमा दिउँसो र राति वर्षा हुन सक्ने आकलन गरिएको छ। त्यसबाहेक सुदूरपश्चिमबाहेक बाँकी पाँच प्रदेशका केही ठाउँमा पानी पर्न सक्ने ठानिएको छ। त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकामा मंगलबार अपराह्नपछि बदली भएको थियो। मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२।७ डिग्री सेल्सियस पुगेको थियो। तर, बुधबार भने बादलका कारण अधिकतम तापक्रम १९ देखि २१ डिग्रीमा झर्ने आकलन गरिएको छ। बुधबार बिहानदेखि घाम लाग्न सकेको छैन। जसकारण आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियसमा झरेको थियो।

About The Author

अन्य समाचारहरु: